Menu

आमा


  27th December, 2015

रविना पन्त, कक्षा : ६

आमा


सन्तानको खुसी हेछ्र्यौ आफू पीडा खपी
आफ्नो दुःख लुकाउँछ्यौ दिन्छ्यौ माया थपी
आफू भोकै बस्छ्यौ तिमी हाम्रो पेट भछ्र्यौ
सन्तानले शिखर चुमून् भन्दै दुःख गछ्र्यौ ।।

नौ नौ महिना भार भएँ पायौ कत्ति दुःख
संसारको खुसी पायौ हेर्दा मेरो मुख
डोको बोक्ने, दाउरा चिर्ने अनि घाँसको भारी
मिठो खान पाइनौ कहिल्यै लाइनौ राम्रो सारी ।।

इच्छा पुरा गरिदियौ क्यै छाडिनौ बाँकी
क का कि की चिनाइदियौ लक्ष्य ठुलो राखी
कहिले दियौ चुइँचुइँ जुत्ता, कहिले बुट्टे जामा
संसारमै सबैभन्दा ठुली मेरी आमा ।।

छुनुमुनु गर्दै मैले पोखिदिँदा पानी
भन्ने गथ्र्यौ चन्चली छे बाठी हुन्छे नानी
बाख्रा, पाठा, गाई, भैँसी धेरै थियो दुःख
सन्तानको खुसी तिम्रो औधी ठुलो सुख ।।

लिपपोत गर्नुपर्ने काम थियो धेरै
फुर्सद आराम तिम्रा लागि थेन कुनै बेरै
बुईमा मलाई बोकी गथ्र्यौ आफ्ना सबै काम
भगवान् भन्नु तिमी नै हौ मेरी प्यारी आमा ।।

(अभिनव साहित्य समाज जोरपाटीको १६६औँ शृङ्खलामा उत्कृत्ट बन्न सफल कविता)