3rd June, 2017
तारा लामा, कक्षा : ६
मेरो नाम रुख हो । म सबै जीवलाई प्राणवायु अक्सिजन दिने गर्छु र उनीहरूले त्यागेको कार्बनडाइअक्साइड आफूले लिने गर्छु । तपाईंहरूले मलाई सबैतिर देख्न सक्नुहुन्छ । सायद आफ्नो घरतिरै पनि तपाईंहरूले मलाई देख्नुभएको होला । तपाईंहरूले धेरैथरीका फलफूल खानुभएको होला । ती सबै फलफूल मेरै हाँगामा फलेका हुन् । तपाईंहरूले धेरैथरीका फूलहरू देख्नुभएको होला, टिपेर मन्दिरमा चढाउनुभएको होला, माला गाँस्नुभएको होला । हो, ती फूलहरू पनि मेरै हाँगामा फुलेका हुन् । मेरै काठबाट तपाईंहरूले धेरै किसिमका फर्निचर बनाउने गर्नुभएको छ । मेरै दाउरा बालेर तपाईंहरूले आफ्ना धेरै आवश्यकता पूरा गर्दै आउनुभएको छ । तपाईंहरूको जन्मदेखि मृत्युसम्म नै मेरो आवश्यकता परिरहेको हुन्छ । पहिलेपहिले म जताततै थिएँ । मेरो संख्या निकै धेरै थियो । तर, अहिले भने मेरो संख्या क्रमशः घट्दै गएको छ । मेरो संख्या यसरी घट्दै जानुमा तपाईंहरू नै दोषी हुनुहुन्छ ।
धेरै वर्षअघि मेरै कारण तपाईं हाम्रो प्यारो देश नेपालमा जताजतै हरियाली नै हरियाली थियो । देशको वातावरण निकै सुन्दर थियो । मानिसहरू मलाई धेरै माया गर्थे । जथाभावी काट्दैनथे । काटिहाले पनि वृक्षरोपण गरेर मलाई जोगाउने अभियान पनि सँगसँगै लान्थे । हरियो वन नेपालको धन भनेर मेरो सम्मान गर्थे । तर, अहिले मानिसहरू निकै फेरिएका छन् । उनीहरू मलाई माया गर्दैनन् । मलाई अनेकथरी दुःख दिन्छन् । आफ्नो स्वार्थ पूरा गर्न मलाई जथाभावी काट्छन् । वनमा डढेलो लगाएर मेरा सन्तानलाई कलिलैमा मारिदिन्छन् । त्यसरी काट्दा वा आगोमा जलाउँदा मलाई कति पीडा हुन्छ भने तपाईंहरूले बुझ्न सक्नुभएको छैन । यो देख्दा मलाई निकै दुःख लाग्छ । आजकालका सभ्य र सुशिक्षित भनिने पुस्ताका तपाईंहरूले मेरो महत्त्व किन नबुझ्नुभएको होला ? म अचम्ममा परिरहेको छु । मैले दिएको अक्सिजनकै कारण तपाईंहरू बाँचिरहनुभएको छ । मेरै फलफुल खाएर तपाईंहरू तन्दुरुस्त भइरहनुभएको छ । मेरै कारण बाढी पहिरो जान नपाउँदा जमिन सुरक्षित भइरहेको छ । यदि तपाईंहरूले अहिलेजसरी नै मलाई जथाभावी काट्दै जानुभयो भने कुनै दिन मेरो त वंश नै लोप होला । तर, त्यतिखेर तपाईंहरू पनि कुनै हालतमा बाँच्नुहुन्न, तपाईंका सन्ततिको पनि अन्त्य हुनेछ । यो कुराचाहिँ तपाईंहरूले किन नबुझ्नुभएको हो कुन्नि ?
यदि तपाईंहरूले मलाई जथाभावी काट्नुभयो, जोगाउनुभएन भने कुनै दिन यहाँ बाढी, पहिरोको प्रकोप बढ्नेछ । तपाईंहरूले सास फेर्ने हावासमेत पाउनुहुनेछैन । काठ, दाउराको उपयोग गर्न पनि पाउनुहुनेछैन । त्यसैले मलाई माया गर्नुहोस् । यदि मलाई माया गर्नुभयो भने त्यसबाट तपाईंहरूलाई नै फाइदा हुने हो । मलाई तपाईंले मिलाएर काट्नुभयो भने त्यसबाट तपाईंहरूलाई फाइदै फाइदा छ । तर, यदि म एउटालाई काट्नुभयो भने तपाईंहरूले मेरा सयजना बालबालिका (बिरुवा) लाई रोपेर धर्तीलाई हराभरा बनाउनुपर्छ ।
अब त ५ जुन पनि नजिकै आइसक्यो । यस दिनलाई तपाईंहरूले विश्व वातावरण दिवस भन्ने नाम दिनुभएको छ क्यारे । त्यसैले, सोही दिनको अवसर पारेर भए पनि बिरुवा रोप्नुहोस् र धर्तीलाई हराभरा पार्ने प्रयास गर्नुहोस् । मेरो मायाले नभए पनि तपाईंहरूकै सन्तानका लागि नै भए पनि मलाई बचाउनुहोस्, प्लिज ! यो सब मैले मेरो आफ्नो शरीरको मायाले भनेको होइन, तपाईंहरू र अन्य जीवजन्तुको जीवन रक्षाको चिन्ताले मात्र यसो भनेको हुँ । मलाई बचाउने र सिध्याउने, तपाईंहरूकै मर्जी !
Information Officer | Mokshada School
Mr. Hari Sharan Khanal
Academic Director
Cell No. 9841832396
Email: hsk2028@gmail.com
Mokshada Nagar, Kumarigal, Kathmandu
Tel : 01 - 4114318/01 - 4114274 (School)
Email : schoolmokshada@gmail.com
28th June, 2021
भन्छन् भगवान् माटो, ढुङ्गा, मूर्ति, म खोज्न जाऊँ केमा, म देख्छु भगवान् तिम्रो शरीर मनमा, तिमी मेरी प्यारी आमा ।
28th June, 2021
So many times I hurt you, With cruel words I'd say, You know I didn't mean them, And you love me anyway.
© Copyright 2024 Mokshada School All Rights Reserved
Developed & maintained by AppBasis