पढेर भन्दा पनि आफैँले प्रत्यक्ष अभ्यास गरेर बाल बालिकाले सिक्न पाउनुपर्छ र त्यस्तो ज्ञान नै दिगो र भरपर्दो हुन सक्छ भन्नेमा हामी पूर्णतः सचेत छौँ । त्यसैले मोक्षदा इको क्लबले काठमाडौंस्थित अमेरिकी दूतावासको प्राविधिक सहयोगमा रियुज, रिसाइकल र रिड्युसलाई प्राथमिकता दिन थालेको छ ।
विगत तिन वर्षदेखि हिजोको सनलाइट र आजको मोक्षदा स्कुलको व्यवस्थापन हाम्रो समूहले सम्हाल्दै आएका छौँ । आगामी दिनमा १०+२ कक्षासम्म सञ्चालन गर्ने लक्ष्यसाथ हामी अघि बढेका छौँ । त्यसैले विगतमा हामीले व्यवस्थापन जिम्मा लिँदा स्कुलको अवस्था जस्तो थियो, त्यसलाई देख्ने जो कोहीले सजिलै परिवर्तनका सङ्केत, सुधारका लक्षणहरू देखेकै हुनुपर्छ । आगामी दिनमा यसलाई अझ बाहिरैबाट सजिलै अनुभूत गर्न सक्नेगरी हामी प्रस्ट लक्ष्यसाथ अघि बढ्ने छौँ ।
मोक्षदा स्कुल शिक्षा क्षेत्रमा लामो समयदेखि समर्पित शिक्षक–शिक्षिकाहरूद्वारा सञ्चालित तथा प्रवर्धित अग्रणी शैक्षिक संस्था हो । सन् १९९७ मा स्थापित सनलाइट इङ्लिस सेकेन्डरी स्कुल नै आजको मोक्षदा स्कुल हो । नेपाली परिवेश सुहाउँदो नाम खोज्ने क्रममा हामीले यो नाम चयन गरेका हौँ । हामी विद्याका अध्येताहरु निरन्तर अज्ञानको अँध्यारोबाट मुक्ति चाहन्छौँ ।
Information Officer | Mokshada School
Mr. Hari Sharan Khanal
Academic Director
Cell No. 9841832396
Email: hsk2028@gmail.com
Mokshada Nagar, Kumarigal, Kathmandu
Tel : 01 - 4114318/01 - 4114274 (School)
Email : schoolmokshada@gmail.com
28th June, 2021
भन्छन् भगवान् माटो, ढुङ्गा, मूर्ति, म खोज्न जाऊँ केमा, म देख्छु भगवान् तिम्रो शरीर मनमा, तिमी मेरी प्यारी आमा ।
28th June, 2021
So many times I hurt you, With cruel words I'd say, You know I didn't mean them, And you love me anyway.
© Copyright 2025 Mokshada School All Rights Reserved
Developed & maintained by AppBasis